मोहना र कान्द्रा नदीको तटिय क्षेत्रमा बाढीको उच्च जोखिम - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

मोहना र कान्द्रा नदीको तटिय क्षेत्रमा बाढीको उच्च जोखिम

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-६
  • सुन्नुहोस् 
384   
मोहना र कान्द्रा नदीको तटिय क्षेत्रमा बाढीको उच्च जोखिम

धनगढी  । निरन्तर परेको वर्षाका कारण कैलालीको मोहना र कान्द्रा नदीमा बाढीको उच्च जोखिम रहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले नदीको सतह अझै बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा सुरक्षित रहन सूचना जारी गरेको छ ।

मङ्गलवार रातीदेखिको वर्षाले मोहना, कुलरिया, कान्द्रा, घुराहा लगायत अन्य सहायक नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको हो । होचो भू–भागमा डुबानको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले पनि नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ।पूर्वी कैलालीका धेरे स्थानमा वर्षाले जनजीवन प्रभावित भएको छ ।बाढीले कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेका छन । डुबानमा परेका १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ ।बाँकी १९ घरधुरीका १ सय १६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा सुरक्षित बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिका क्षेत्र डुबानमा परेका छन । गयराति पनि पानी परेकाले ति क्षेत्रमा डुबान कायमै रहेको स्थानीयले जनाएका छन ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार