हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२८
  • सुन्नुहोस् 
351  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । साउन २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० गते विश्वासको मत लिन लागेका हुन ।सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा ) पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, नेकपा ९एमाले० का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।विपक्षमा रहेका नेकपा (माओवादी केन्द्र )का सभामुख सहित ११, नेकपा एकिकृत समाजवादी पार्टिका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक रहेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्