कैलाली विशेष
लागू औषध सहित एक जना पक्राउ

अत्तरिया ।कैलालीको गोदावरी नगरपालिकाबाट लागू औषध सहित एक जना पक्राउ परेका छन । शनिबार दिउँसो गोदावरी नगरपालिका – ५ गेटा बजारबाट लागू औषध सहित धनगढी उप–महानगरपालिका – १३ का २६ को अनिल राना पक्राउ परेका हुन ।इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले रानालाई हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।उनको साथबाट २ सय मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्