हामि संग जोडिनुहोस

सुदूरपश्चिम

चौमालामा १ दिने सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२८
  • सुन्नुहोस् 
720  
Banner

चौमाला । गौरीगंगा नगरपालिका १ चौमालामा एक दिने सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि जनचेतनामुलक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजना तथा मेरि स्टोप्स सेन्टर अत्तरिया र रेडक्रस उप-शाखा चौमालाको समन्वयमा उक्र कार्यक्रम सम्पन्न भएको हो । 

मेलमिलाप केन्द्र चौमालाका संयोजक हेमन्त राज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य रुपा जोशी,मेरि स्टोप्स सेन्टरका सुदुर पश्चिम् कार्यालय प्रमुख कृष्ण के.सि,डिजि कृष्ण डाँगी,एकता प्रगतिशिल संस्थाका चक्र रावल,मेलमिलापकर्ताहरु र महिला संन्जालको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा सुरक्षित गर्भपतनको अवस्था,सुरक्षित गर्भपतन सम्बन्धि समाजको धारण,सुरक्षित गर्भपतन सम्बन्धि सुचिकृत स्वास्थ संस्था,अन्य सरोकारबाला पक्षले हालसम्म गर्भपतनको क्षेत्रमा खेल्दै आएको भुमिकाको बारेमा छलफल गरिएको थियो । 

कार्यक्रमको संचालन मेलमिलापकर्ता सुरेस भुलले गरेका थिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्