सुदूरपश्चिम
सुदूरपश्चिममा आइतबार साँझ ५ बजे सम्म नयाँ सरकार बनाउन आह्वान

धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि दुई दिन समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन आह्वान गरेका हुन्।आज मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्