हामि संग जोडिनुहोस

कैलाली विशेष

अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२८
  • सुन्नुहोस् 
1.29K  
Banner

धनगढी । कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । बुढीतोलाबाट खाली ट्रक र टिप्पर गन्तव्यतिर जान लागेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । खोलिएको नयाँ ट्रयाकमा खाली गाडीहरु आवतजावत हुन थालेका ट्राफिक प्रहरीले जनाएको छ । 

नयाँ खोलिएको ट्रयाक हिलाम्य भएकाले अन्य सवारी साधन भने सञ्चालनमा आउन नसकेका प्रहरीले जनाएको छ । सो ट्रयाकमा ढुंगा भर्ने कार्य भइरहेको छ । बर्षा नभएमा आज साँझसम्म सडक सञ्चालनमा आउने बताइएको छ । 

गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएको थियो । पहिरो गएसंगै गएको ५ दिनदेखि यातायात अवरुद्ध रहेको छ । पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ । सडक अवरुद्ध भएपछि यात्रुहरुले समस्या झेलीरहेका छन् । यातायात सुचारु नहुँदा दैनिक उपभोग्यका सामग्री ढुवानी समेत रोकिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्