सुदूरपश्चिम
डोटी जोरायलकी एक किशोरी लागुऔषधसहित पक्राउ

धनगढी । धनगढीमा लागुऔषधसहित एक किशोरी पक्राउ परेकी छन् । हिजो साँझ धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट सोही ठाउँ डेरा गरी बस्ने ८ वर्षीया किशोरी पक्राउ परेकी हुन् ।
डोटीको जोरायल गाउँपालिका–४ घर भएकी उनलाई ९८० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्