सशस्त्रका जवानले चलाएको मोटरसाइकलको ठक्करबाट घाईते पंगालीको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

सशस्त्रका जवानले चलाएको मोटरसाइकलको ठक्करबाट घाईते पंगालीको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-१९
  • सुन्नुहोस् 
6.47K   
सशस्त्रका  जवानले चलाएको मोटरसाइकलको ठक्करबाट घाईते पंगालीको  मृत्यु

धनगढी। कैलालीको धनगढीमा दुर्घटना घाइते भएर उपचाररत रहेका एक विद्यालयका कार्यालय सहयोगीको मृत्यु भएको छ। आज (शुक्रबार) धनगढी उपमहानगरपालिका १४ फुलबारीका ५८ वर्षीय धर्मदत्त पङ्गालीको मृत्यु भएको हो।

धनगढी १८ स्थित चन्द्रोदय माध्यामिक विद्यालयका  कार्यरत उनको धनगढीस्थिय निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  उनको मृत्युपछि अस्पतालमा केहीबेर तनाव समेत भएको बतार्यएको छ ।

मृतक पङ्गालीलाई झण्डै एक हप्ता अगाडि फूलबारी क्षेत्रमै साइकलमा सवार रहेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो। सो मोटरसाइकलका चालक सशस्त्र प्रहरी जवान धनगढी उपमहानगरपालिका ६ बस्ने २६ वर्षका बालकृष्ण चौधरी रहेको खुलेको छ।

उनले ठक्कर दिएपछि घाइते भएका उनको निसर्गमा उपचार थालिएकोमा आज मृत्यु भएको हो। ती सशस्त्र जवान विओपी फूलबारीमा कार्यरत छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार