कैलाली विशेष
गोदावरीमा कर्मचारी माग गरिएको ७ महिनापछि विज्ञापन रद्द
धनगढी। कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरिएको ७ महिनापछि विज्ञापन रद्द गरेको छ । नगरपालिकाले गत कार्तिक १० गते करारमा कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको थियो ।
विज्ञापन गरेको झण्डै ७ महिनापछि शुक्रबार सूचना जारी गर्दै करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी प्रकाशित विज्ञापन रद्द गरेको जनाएको हो । बिहीबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार विज्ञापन रद्द गरिएको सूचनामा उल्लेख छ । त्यस्तै, आवेदन दिएका परीक्षार्थीहरुलाई असार मसान्तभित्र परीक्षा दस्तुर फिर्ता लैजान भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्