हामि संग जोडिनुहोस

सुदूरपश्चिम

धनगढीले जेसिजले मनायो ४२ औं स्थापना दिवस

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-२२
  • सुन्नुहोस् 
696  
Banner

धनगढी।धनगढीले जेसिजले ४२ औं स्थापना दिवस मनाएको छ । सन् १९८२ सालमा स्थापना भएको धनगढी जेसिजले ४२ औं स्थापना दिवस दिप प्रज्वलन तथा सरसफाई कार्यक्रम गरी मनाएको हो । 

धनगढीको वनदेवी मन्दिरमा दिप प्रज्वलन साथै मन्दिर परिसर सरसफाई गरी दिवस मनाईएको हो । धनगढी जेसिजका कार्यवहाक अध्यक्ष आशिष शाहको अध्यक्षतामा भएको कार्यक्रमका पुर्व अध्यक्षहरु डाक्टर हेमराज पन्त, सुरेन्द्र चन्द, भवानीप्रसाद जोशी, नरनारायण शाह(मनु) लगायतले दीप प्रज्वनल गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तको पनि सहभागीता रहेको थियो । 

मन्दिर परिसरमा दिप प्रज्वलन गरेपछि सरसफाई पनि गरिएको कार्यक्रम संयोजक देवराज अवस्थीले जानकारी दिए । धनगढी जेसिजले बर्षभरी नै विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । 

 

तपाइको प्रतिक्रिया दिनुहोस्