विद्यालय समायोजन र दरबन्दी मिलान गर्ने उपयुक्त समय यो होकि होइन ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

विद्यालय समायोजन र दरबन्दी मिलान गर्ने उपयुक्त समय यो होकि होइन ?

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२२
  • सुन्नुहोस् 
2.99K   
विद्यालय समायोजन र दरबन्दी मिलान गर्ने उपयुक्त समय यो होकि होइन ? : Phulbari Khabar

भूपाल खड्का

Phulbari Khabar

धनगढी उपमहानगरपालिकाको मिति २०८० साउन १३ गतेका दिन बसेको कार्यपालिकाको बैठकले १४ ओटा विद्यालयहरू समायोजन गर्ने भनी गरेको निर्णयले हामी शिक्षा सरोकारवालाहरूको विशेष ध्यानाकर्षण भएको छ। मेयर सापको काम राम्रो एवम् प्रसंसनिय छ।शिक्षा क्षेत्र लाई सुधार्न विद्यालय समायोजन गर्न खोज्नु, शिक्षक दरबन्दी नभएका विद्यालयलाई दरबन्दी दिई दरबन्दी मिलान गर्न खोज्नु मेयर सापको तर्फबाट राम्रो थालनी भएको मान्न सकिन्छ।यस्ता कार्यमा हाम्रो पनि साथ रहन सक्छ ।तर विद्यालय समायोजन र दरबन्दी मिलान गर्ने उपयुक्त समय यो होकि होइन, मेयर सापले गम्भीरतापूर्वक सोच्नै पर्छ । यो श्रावणको महिना (शैक्षिकसत्र प्रारम्भ भएको ४ महिनापछि) मा आएर विद्यालय समायोजन गर्न खोज्दा विद्यार्थी र अभिभावकको मनस्थितिमा कस्तो असर पर्न सक्छ भनी एकपटक सोचिदिएको राम्रै हुन्थ्यो कि?भाद्र ३ गतेदेखि प्रथम त्रैमासिक परीक्षा धनगढी उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा एकैसाथ शुरू हुँदैछ,यस्तो समयमा समायोजन भइ अर्को विद्यालयमा गाभिन जाने शिक्षक र विद्यार्थीहरुको मानसिक अवस्था कस्तो होला ? एकपटक सोच्ने होकि।

समायोजन नियमावली बनाउदा र विद्यालय समायोजन गर्ने निर्णय गर्नु पूर्व, शिक्षा सरोकारवाला,सम्बन्धित विद्ययालय व्यबस्थापन समिति र प्रधानाध्यापकहरु तथा शिक्षा विज्ञहरूलाई बोलाएर छलफल गराएको भए अझै राम्रो हुन्थ्यो कि।समायोजन गर्ने निर्णय गर्नु पूर्व सम्बन्धित वडा अध्यक्ष,सम्बन्धित विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई बोलाई विद्यालय समायोजन गर्ने कुरा जानकारी गराई उहाँहरूको राय सल्लाह बमोजिम निर्णय गरिएको हो भनेत राम्रै हो,होइन भने सम्बन्धित वडाका अभिभावक र समुदायबाट उत्पन्न हुनसक्ने बिद्रोहको जिम्मेवारी पनि शिक्षा महाशाखाले लिनु पर्ला ।

Phulbari Khabar

धनगढी उपमहानगरपालिकाको शिक्षा महाशाखाले २०७९ सालको कक्षा ८ को वार्सिक परीक्षाको नतिजा २०८० मा प्रकाशन गर्दा शुरुमा थुप्रै विद्यार्थीहरु अनुत्तीर्ण भइ,पछि पुनर्योगमा मात्रै ७५०जना भन्दा बढी विद्यार्थी पास भएको लापरबाही पूर्ण काम  तथा शैक्षिकसत्र शुरु भएको ४ महिना भएर  त्रैमासिक परीक्षा शुरु हुनै लाग्दा पनि शिक्षा महाशाखाले धनगढीका सम्पूर्ण विद्यालयहरुमा कक्षा १देखि ८सम्मका स्थानीय विषयका पाठ्यपुस्तक दिन नसक्नुले गर्दा शिक्षा महाशाखाले शिक्षा सरोकारवालाहरूको बिश्वास गुमाइसकेको बर्तमान अवस्थामा, धनगढीका   शिक्षा       सरोकारवालाहरुलाई बेवास्ता गरि शिक्षा महाशाखाकै सल्लाहमा मात्र गरिने शैक्षिक निर्णयले मेयर सापको धनगढीको शिक्षा क्षेत्रलाई सुधार्ने पवित्र उद्देश्यमा प्रतिकूल असर पर्नसक्ने सम्भावना हामी सरोकारवालाले देखेका छौँ ।

तसर्थ धनगढीको शिक्षा ऐन,नियम बनाउदा र  शिक्षा सम्बन्धि विभिन्न निर्णयहरु गर्दा धनगढीका शिक्षासरोकारवालाहरु(शिक्षाबिद,सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरू,शिक्षकका पेशागत सङ्गठनहरु,शिक्षाप्रेमी,बुद्धिजीवी  एवम् समाज सेवीहरु, विद्यालय।र  व्यबस्थापन समितिक्ष )बीच छलफल गराई, रायसल्लाह लिई निर्णयमा पुग्न हार्दिकता पूर्वक आग्रह गर्दछु।

 शैक्षिकसत्र २०८० शुरु भएको चार चार महिना बित्न लाग्दा समेत शिक्षा महाशाखाले  धनगढी नगरका प्रधानाध्यापकहरुको बैठक राख्न नसक्नुको भित्री कारण बुझ्न पनि मेयर सापलाई बिनम्रता पूर्वक आग्रह गर्दछु ।

(खड्का त्रिनगर माद्यामिक विद्यालयका  प्रधानाध्यापक हुनुहुन्छ  )

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च