बिचार/ब्लग
मन, आत्मा र परमात्मा

मानिसको मनमा कहिलेकाहिँ अनायासै केही कुराहरू उत्पन्न हुन्छन्। कहिले केही कुराहरू उठ्छ्न् र तत्कालै हराउँछन्,कहिले कुनै कुरामा घोत्लिन मन लाग्छ। सायद, यो मानवीय गुण होला। मेरो मनमा पनि जीवनभर सुनिरहेका तीन शब्दहरू मन,आत्मा र परमात्मा भनेका के हुन् भन्ने बारेमा जिज्ञासाहरू पैदा भए । यी शब्दहरू चलनचल्तीमा बारम्बार प्रयोग हुन्छन् । तर यसो घोत्लिएर के हो भनेर उत्तर खोज्दै जाँदा भौतिकवस्तु जस्तो ठ्याक्कै यही नै हो भनेर देखाउन वा भन्न नसकेपछि यी पक्कै रहस्यात्मक कुराहरू हुन् जस्तो लाग्यो र पूर्वीय धर्म, दर्शन र शास्त्रमा के भनिएको रहेछ भनेर खोज्न थालेसँगै पढेका थोरै सामग्रीलाई आधार बनाएर यो आलेख तयार गरिएको छ ।
हुनत पूर्वीय दर्शन व्यापक छ । पूर्वीय दर्शनमा प्राचीन(अर्वाचीन, हिन्दू(अहिन्दू,आस्तिक(नास्तिक सबै समाहित छन् । यसमा षड्दर्शन ९सांख्य,वैशेषिक, योग, न्याय, मीमांसा र वेदान्त० देखि चार्वाक,बौद्ध र जैन दर्शनसँगै वैदिक र गीतासम्मलाई स्थान दिएको पाइन्छ । यहाँ पूर्वीय धर्मदर्शनका प्रमुख शास्त्रीय ग्रन्थहरू वेद,उपनिषद्,गीता, पुराण आदिमा मात्र वर्णन गरिएका विचारलाई आधार मानिएको छ ।
यी शास्त्रहरूमा शरीर,मन,आत्मा र परमात्माका बारेमा व्यापक चर्चा गरिएको पाइन्छ । आधुनिक विज्ञानले पनि आत्मा र परमात्मा नभएको स्वीकार गरेको छैन बरु पूर्वीयशास्त्रलाई आधार बनाउँदै यिनका बारेमा थप अनुसन्धान गरिरहेको देखिन्छ । पूर्वीय विद्वान र दार्शनिक मात्र होइन पश्चिमका धेरै विद्वानहरूले पूर्वीय शास्त्रहरूको व्यापक अध्ययन र विश्लेषण गरेर आफ्नो धारण बनाएको पाइन्छ।
पश्चिमी वैज्ञानिक, दार्शनिक र विचारकहरू अर्थर सोपेन्हवर, हेनरी डेविड थोरो, फ्रिरड्रिक हेगल, मार्क ट्वइन,निल्स बोर,विलियम बट्लर यिट्स,अलन वाट्स,म्याक्स मुलर,जोन आर्कि व्हिलर, बर्नर हाइडोनबर्ग, फ्रान्सिस एम वोल्तेयर, राल्फ वाल्डो इमर्सन, एन्ड्रयु थोमस,टीएस इलियट, जुलियस रोबर्ट ओपेन हाइमर आदिले पूर्वीय दर्शन र शास्त्रलाई मुक्त कण्ठले प्रशंसा गरेको देखिन्छ । उनीहरूले पूर्वीय दर्शनमा वेद,उपनिषद् र गीतालाई ज्ञानका विशाल भण्डार हुन् भनी बताएका छन् ।
अहिलेको पश्चिमी समाज निकै दौडिएर थकान मेट्ने ठाउँ नपाएर आत्तिएको जस्तो र पूर्वीय समाज सबै नै पश्चिमतिर पाइन्छ कि भन्ने जस्तो गरी अन्धाधुन्ध दौडिरहेको पनि देखिन्छ। पूर्व र पश्चिमका दर्शनका बारेमा अत्यन्तै गम्भीर भएर तुलनात्मक अध्ययन गरी बाटो पहिल्याउनु पर्ने देखिन्छ । यद्यपि कुनै दर्शन आफैँमा ठीक र बेठीक भन्ने हुँदैनन् ।
अहिले विश्व सानो हुनाले धेरै टाढा रहेका कुराहरू पनि सजिलै देख्न र जान्न सकिन्छ । क्षणिकताको बाहिरी सौन्द्रयमा अलमलमा परेर पर धेरै छ भनेर अन्धाधुन्ध दौडदा आफूसँगै रहेको भित्री स्थायी सौन्दर्य,आफ्नैपन र महत्त्वपूर्ण वस्तु गुमाउन सकिन्छ । यसरी आफूसँग रहेकै वस्तुलाई नबुझी दौडदा प्राप्ति शून्य नै पनि हुनसक्छ । हामी कुनै कुरा बुझेर मात्र हिडौँ वा दौडौँ ताकि फर्कन वा पश्चात्ताप गर्न नपरोस् ।
मन
पूर्वीय शास्त्र अनुसार यस ब्रह्माण्डमा ८४ लाख प्रजाति९जुनी० छन् भनिएको छ । आधुनिक वैज्ञानिकहरूले ८७ लाख प्रजाति रहेको अनुमान गरे पनि पनि करिब २१ लाखको अध्ययन गरेका छन् भनिन्छ । पृथ्वीमा रहेका यति धेरै प्रजातिमध्ये मानिस सर्वश्रेष्ठ चेतनशील प्राणी हो। मानिसलाई मानव वा मनुष्य पनि भनिन्छ । मानिस बाहिरी स्वरुपमा हेर्दा हाड,छाला,कोषिका,रगत आदिबाट बनेको हुन्छ । पूर्वीयशास्त्र अनुसार मानिसको शरीर पञ्च तत्त्वहरू जल,वायु,अग्नि,पृथ्वी र आकाशबाट बनेको हुन्छ भनिन्छ।
शरीरमा पाँच ज्ञानेन्द्रियहरू आँखा,कान,नाक, जिब्रो, छाला र पाँच कर्मेन्द्रियहरू मुख, हात, खुट्टा, गुदद्वार र मुत्रद्वार छन् । शरीरमा मन,विचार,बुद्धि र आत्मा रहेको हुन्छ। शरीरमा आत्मा छैन भने यो शरीरले केही गर्न सक्दैन ।आत्मा वा चेतनाले शरीरलाई निर्देशन दिन्छ र त्यसै अनुसार शरीरले काम गर्छ । गीतामा श्रीकृष्णले मानव शरीरलाई एउटा कपडाको टुक्रा मात्रै हो भनी बताएका छन् । मानव शरीर आत्माको अस्थायी बासस्थान मात्र हो ।
मन भनेको अमूर्त हो। यसको कुनै रुप र आकार छैन । मन हावा,सास, ज्ञान,व्यायाम,निद्रा आदिले निर्माण गर्दछ । यो आकाशजत्तिकै शून्य हुन्छ । नेपाली शब्दकोष अनुसार मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तकरणको अंश वा वृत्ति हो । यसलाई आन्तरिक इन्द्रिय, अन्तस्करण,चित्त,दिल, हृदय,पनि भनिएको छ।मन शरीर भित्रको अदृश्य शक्ति हो।यसको प्रत्यक्ष सरोकार ज्ञानेन्द्रियसँग हुन्छ । खुशी,दुःखी,दया, माया, प्रेम,धारणा, संवेग आदि मनबाट अभिव्यक्त हुने क्रियाकलाप नै हुन् । मन सकारात्मक र नकारात्मक गरी दुई किसिमका हुन्छन् । सकारात्मक मनले नकारात्मक मनलाई नियन्त्रण गर्न सक्छ।सकारात्मक मन योग,ध्यान, सात्विक भोजनबाट प्राप्त गर्न सकिन्छ ।
पूर्वीय दर्शनले जाग्रत, स्वप्न,सुषुप्त गरी मनका तीन अवस्था बताएको छ भने मनोविज्ञानवेत्ता सिग्मण्ड फ्रायडले चेतन, अचेतन,अर्धचेतन गरी मनलाई तीन प्रकारमा विभाजन गरेका छन्। हामीले गर्ने हरेक कार्य चेतन मनबाट गरिन्छ । अर्ध चेतन भनेको पूर्ण चेतन नभएको र पूरै बेहोश पनि नभएको अवस्था हो।
अचेतन मन भनेको व्यक्तिलाई जानकारी नहुने, ज्ञान र होश नै नभएको अवस्था हो अर्थात् थाहै नपाउने अवस्था हो। मन अनूभूतिका आधारमा कहिले हाँस्छ, कहिले रुन्छ, कहिले फाट्छ, कहिले बरालिन्छ र कहिले बहकिन्छ । पूर्वीयशास्त्र अनुसार बरालिने र बहकिने मनलाई नियन्त्रण गर्ने भनेको ध्यान र योग नै हो भनिएको छ।
आत्मा
जीवमा रहेको चेतन तत्त्व नै आत्मा हो । शरीरको कतै चिमोट्दा दुख्नु नै आत्मा हुनु हो। जीवमा रहेको चेतन तत्त्वलाई जीवात्म भनिन्छ। शरीर मर्छ तर आत्मा कहिल्यै मर्दैन । शरीरबाट आत्मा निस्कियो भने शरीरको कुनै अस्तित्व रहँदैन। बाँच्नु भनेको शरीरमा आत्मा रहनु हो । आत्मालाई परमात्माको अङ्ग मानिन्छ । आत्मा र परमात्मा दुवै अदृश्य र निराकार छन् । परमात्मा महासागर हो भने आत्मा थोपा हो। शरीरको कुन ठाउँमा आत्मा रहन्छ भन्नेमा केही मतभेद पनि देखिन्छन् । गीतामा छातीमा, टाउकोमा र नाभिमा हुन्छ भनिएको छ।
कसैले शरीरको सबै अङ्गमा आत्मा हुन्छन् भनेका छन् । वेद,गीता र उपनिषद्मा आत्मालाई अजर,अमर,शाश्वत,अविनाशी र परमसत्यको अंश हो भनिएको छ। वेदान्त दर्शनको ब्रह्मसूत्रमा आत्माका जागृत,स्वप्न,प्रज्ञा र तुर्य गरी चार अवस्था हुन्छन् भनी बताइएको छ । शरीरको मृत्यु पश्चात् आत्मा कि त मोक्ष प्राप्त गरी परमात्मामा विलीन हुन्छ कि त अर्को कुनै शरीरमा पुनःजन्म हुन्छ भनिएको छ।
गीतामा आत्मालाई यसरी वर्णन गरिएको छ(
नजायते मृयते वा कदाचित्
नायं भूत्वा भविता वा न भूयस्
अजो नित्य शास्वतोयं पुराणो
न हन्यते हन्ययाने हन्ययाने शरीरे (गीता) : १००
माथिको श्लोकमा आत्मा न त जन्मिन्छ न त मर्छ,न यो पहिले मात्र थियो न यो पछि मात्र हुनेछ ।आत्म अजन्मा हो,यो शाश्वत र सनातन हो। शरीर मर्छ तर आत्मा मर्दैन। त्यस्तै गीतामा आत्मालाई शस्त्रास्त्रले काट्न सक्दैन,आगोले डढाउन सक्दैन,यसलाई पानीले भिजाउन सक्दैन,हावाले सुकाउन सक्दैन। यो भौतिक पदार्थ भन्दा भिन्न र शक्तिशाली छ भनेर प्रशंसा गरिएको छ।
गीतामै जसरी मनुष्य फाटेका पुराना कपडा फ्याँकेर नयाँ कपडा लगाउँछ त्यसैगरी जीर्ण शरीर छाडेर आत्मा अन्य शरीरमा प्रवेश गर्दछ र आत्माको अन्तिम गन्तव्य भनेको परमात्मा नै हो अनि योग दर्शनका प्रणेता महर्षि पतञ्जलीले आत्मा र परमात्मालाई जोड्न योगका यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि गरी आठ विधि अपनाउनु पर्छ भनेका छन् ।
परमात्मा
यो ब्रह्माण्ड र सृष्टिजगत निर्माता गर्ने,सञ्चालन गर्ने र निर्देशन गर्ने अदृश्य शक्तिलाई नै परमात्मा भनिन्छ । परमात्मालाई परब्रह्म र ईश्वर पनि भनिन्छ। परमात्मा अनादि छन्। परमात्माको आदि,मध्य र अन्त्य छैन। परमात्मा अक्षरातीत, सच्चिदानन्द,दिव्य,स्वयंभु, सर्वज्ञाता, सर्वव्यापी र सर्वकालिक छन् भनिएको छ।
परमात्मा सबै आत्माका श्रोत हुन्। जीवात्मा, पुण्यात्मा, महात्मा आदि सबै परमात्माबाटै उत्पत्ति भएका हुन्। परमात्मा जीवात्मा भित्र र कणकणमा ऊर्जा बनेर बसेका हुन्छन् । परमात्मा लोकका स्वामी हुन्। परमात्माले अनन्त आनन्द,परम करुणाले ओतप्रोत भएर सृष्टिको रचना गरेका हुन् र परमात्माको ध्यान गरियो भने मनुष्यात्मा परमात्मामय बन्न सक्छ भनिएको छ ।
आधुनिक भौतिक विज्ञानले व्याख्या गरेजस्तै ठ्याक्कै यो आत्मा र परमात्मा हो भनेर भौतिक रुपमा सजिलै देखाउन सकिँदैन। ईश्वर वा परमात्माका रुप वा कार्यहरू अत्यन्तै रहस्यात्मक र विचित्र छन् । गीतामा प्रत्येक जीवको भित्र बाहिर सर्वत्र ईश्वर छन् भनिएको छ। वास्तवमा ईश्वर टाढा छन् जस्तो लागे पनि सबैभन्दा नजिक छन् भनिन्छ। जब मानिस योग, ध्यान र साधनाले पूर्ण हुन्छ त्यसपछि परमात्मा आफैमा रहेको अनुभूति गर्न सकिन्छ भनिएको छ।त्यसैले शास्त्रमा पनि अहं ब्रह्मास्मिस् अर्थात म नै ब्रह्म हुँ भनिएको पनि छ।
एकछिन कल्पना गरौँ(हाम्रो मस्तिष्क कस्ले चलाएको छ रु हृदय कसले चलाएको होला रु यो सृष्टि चलाउने को होलारुयस्ता थुप्रै प्रश्नको उत्तर हामी ईश्वर नै भन्छौँ, हो तिनै ईश्वर नै परमात्मा हुन् । परमात्माको स्वरुप र कार्यहरू के कस्ता हुन्छन्,यसको र आत्मा बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने बारेमा शास्त्रहरूमा व्यापक वर्णन गरिएका छन्।
यी विषयहरू अत्यन्तै कौतूहलपूर्ण र रहस्यात्मक पनि छन्। हामीले मनमा जिज्ञासा पैदा गर्न खोज्यौ भने थप सामग्री खोज्न सकिन्छ।पूर्वमा हजारौँ वर्ष पहिले भनिएका धेरै कुराहरू आधुनिक विज्ञानले अनुसन्धान गर्दै गएको पनि देखिन्छ।
अन्त्यमा,यसो सोचौँ त ( हाम्रो मस्तिष्क र हृदय कसरी बनेको छ र यसले कसरी काम गर्छ भनेर आधुनिक विज्ञानले एकएक वर्णन गर्न सक्छ तर यही विज्ञानले ठ्याक्कै त्यस्तै मस्तिष्क वा हृदय बनाउन सकेको छैन।कतिपय सन्दर्भमा आधुनिक विज्ञानभन्दा पूर्वीयशास्त्रमा बताइएका कुराहरू धेरै माथि छन् भनिएको छ। पूर्वीय शास्त्रअनुसार परमात्माको एउटा अंश हाम्रो आत्मा हो त्यही आत्माद्वारा हाम्रा मस्तिष्क र हृदय चलाइएका छन् भनिएको छ । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
तपाइको प्रतिक्रिया दिनुहोस्