हामि संग जोडिनुहोस

कैलाली विशेष

अबैध सामान ढुवानीमा प्रयोग भएका आठवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-४
  • सुन्नुहोस् 
51  
Banner

धनगढीः कैलालीको अत्तरियामा प्रहरीले आठवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।अबैध सामान ढुवानी गर्न प्रयोग भएका ती मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो। साथै अबैध सामान आयातमा संलग्न ७ जना भागेको भए पनि एक जना भने पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ धनगढी रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ४० वर्षीय रामअवतार राना पक्राउ परेका हुन्।


उनलाई मोटरसाइकल र करिब पाँच लाख ५४ हजार पाँच सय मूल्यको अवैध सामानसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। प्रहरीका अनुसार ११ सय किलोग्राम प्याज र आठवटा मोटरसाइकलसहित रानालाई मंगलबार बिहान पक्राउ गरिएको छ। उनीसँगै अन्य ७ जना भने भागेका छन्। उनीहरुले प्रयोग गर्ने सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। मोटरसाइकलसहित बरामद गरिएका सामान भन्सार कार्यालय पठाइने तयारी छ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च