टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१२-२८
  • सुन्नुहोस् 
942   
टीकापुरमा हात्तीको आक्रमणबाट  एक  महिलाको ज्यान गयो

टीकापुर। हात्तीको आक्रमणबाट टीकापुरमा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बिहान १० बजेतिर खोटेना भुराखानी सामुदायिक वनमा घाँस काटन गएकी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ४४ वर्षीया जसुदेवी बटालालाई हात्तीले आक्रमण गरेपछि ज्यान गएको हो। 

समूहमा घाँस काटन गएकी  महिला हात्ती देखेपछि भागेका थिए। संगै गएकी जसुदेवी नफर्केपछि फर्केर हेर्न जादाँ हात्तीले मारेर फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकेन्द्र अवस्थीले जानकारी दिए। जुसदेवीको घाँटीमा चोट लागेको, नाकबाट रगत बगेको देखिएको छ। मृतक बटालाको शव टीकापुर अस्पताल ल्याउने तयारी भइरहेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्ती कर्णाली वारीका जङ्गलमा आएर बस्ने गरेको र बेलाबेला मानिसलाई आक्रमण गर्ने गरेको छ। २०७९ असारको पहिलो साता पनि टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षकी टङ्क सोडारीको पनि हात्तीको आक्रमणबाट ज्यान गएको थियो।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार