कैलाली विशेष
कैलालीमा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

धनगढी। कैलालीको बैनीयामा एक ट्रकमा आगलागि भएको छ । पूर्वपश्चिम राजमार्गको मुडामा अत्तरियातर्फ आउदै गरेको प्र ३-०३-ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो । उक्त ट्रकले लाईटर र खुर्सानी र बच्चाले लगाउने प्याड बोकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले बताए।
ट्रक बिरगंजका दिपक ठाकुरले चलाएको बुझिएको छ। ट्रकमा लागेको आस्थानीय प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ। मानविय क्षती नभएपनी ट्रक भित्र रहेको सामानमा क्षती भएको चन्दले बताएका छन्। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए। केही दिन अगाडी कर्णाली पुलमा लाइटर बोकेको ट्रक आगलागीको घटना नसेलाउदै अर्को ट्रकमा आगलागी भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्