धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२०
  • सुन्नुहोस् 
1.49K   
धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ

कैलाली । कैलालीको धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडी स्थित न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी रहेको प्रहरीले जनाएको छ ।नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार