एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-११
  • सुन्नुहोस् 
960   
 एमाले कैलालीको  अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित

 धनगढी।नेकपा एमालेको कैलाली जिल्ला कमिटीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।अधिवेशन अन्तर्गत बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।बिहीबार पनि मतदान हुने प्रतीक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले मतदान सुरु गर्न नसकेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्ने निर्देशन दिए पनि कैलालीमा पाँचौ दिन समेत मतदान हुन सकेको छैन ।एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौ गएका कारण कतिपय विषयमा छलफल हुन नपाएकाले मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् ।कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार