हामि संग जोडिनुहोस

सुदूरपश्चिम

एमाले कैलालीको अध्यक्षमा तीन जना उम्मेदवार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१०
  • सुन्नुहोस् 
966  
Banner

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो।निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र जेडी पाण्डेको उम्मेदवारी परेको हो। अध्यक्षमा उम्मेदवारी दिएका कमलसिंह रानाले नाम फिर्ता लिएका छन्।

यस्तै उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी र लोकेन्द्र शाही उपाध्यक्षको प्रतिस्पर्धामा रहेका छन्। सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीको मनोनयन परेको छ। उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट र भुवन रिजालले उम्मेदवारी दिएका छन्।

महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीको उम्मेदवारी परेको छ। मतदान भने बिहीवार मात्र हुने एमालेले बताएको छ।आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौं अधिवेशन उद्घाटन गरेका थिए। चार दिनसम्म नयाँ नेतृत्व चयन गर्न सकिएको छैन।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार