सुदूरपश्चिम
पञ्चोदयको ३८औँ वार्षिकोत्सब सम्पन्न

धनगढी। कैलालीको धनगढी -१४ बि गाउँमा रहेको पञ्चोदय माद्यामिक बिद्यालयको वार्षिकोत्सब सम्पन्न भएको छ । सोमबार बिद्यालय ब्यबस्थापन समितिकी अध्यक्ष उमादेबी गिरीको अध्यक्षतामा ३८ औँ वार्षिकोत्सब समारोेह सम्पन्न भएको हो । सो वार्षिकोत्सबमा प्रयटन उद्योग वन तथा वातावरण मन्त्री रमेश धामी प्रमुख अतिथि रहेका थिए ।
बिद्यालयका लेखापाल मनबिर नाथले बिद्यालयको आर्थिक प्रतिबेदन पेस गरेको थिए । बिद्यालयका प्रधानाध्यापक गोबिन्दराज जोशीले बिद्यालयको शैक्षिक प्रगति प्रस्तुत गरेका थिए ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न वार्षिकोत्सब समारोहमा बिद्यालयका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरुस्कृत समेत गरिएको थियो । वार्षिकोत्सबमा सहभागि अतिथि बक्ताले बिद्यालयले प्रगति गर्दै भएकोमा खुसी ब्याक्त गर्दै थप प्रगतिको कामना गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्