सुदूरपश्चिम
शिक्षा सुधारका लागि धनगढीमा प्राज्ञिकको बृहत् दबाब र्याली

धनगढी । प्राज्ञिक विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि धनगढीमा विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब र्याली निकालेको छ ।
शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश परिक्षा, परिणाम, पात्रो , पाठ्यक्रम जस्ता विषयहरूको सुधार गर्नका लागि करिब ७ सय भन्दा बढी विद्यार्थीहरुको सहभागितामा सो दबाब र्याली निकालेको हो।
र्यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचीव दिवस पोखरेल, परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाई, प्रदेश सदस्य सरोज ठगुन्ना,नगर सचीव गौरव भट्ट अन्य विद्यार्थी नेता लगायतले विशेष सम्बोधन गरेका थिए ।
विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारको लागि विद्यार्थी दबाब र्याली गरेको र
यो देशको प्रमुख शहरहरूमा पनि गर्ने बृहत् दवाब एवम् आन्दोलनको गतिविधि अगाडि बढाउने विद्यार्थी परिषद्का जिल्ला संगठन सचीव प्रेम बोहराले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्