पशु जोगाउन नेभ्लाले बुझायो सरकारलाई ज्ञापन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

पशु जोगाउन नेभ्लाले बुझायो सरकारलाई ज्ञापन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-१६
  • सुन्नुहोस् 
1.96K   
पशु जोगाउन नेभ्लाले बुझायो सरकारलाई ज्ञापन

धनगढी, १५ श्रावण। पशुमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोगका कारण देशभरमा ११ लाख पशुहरु संक्रमित हुनुका साथै ५० हजार पशु मरेका छन् । पशु जोगाउन नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन (नेभ्ला) जिल्ला कार्य समिति कैलालीले ६ बुँदे माग राख्दै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

नेभ्लाका जिल्ला अध्यक्ष विमल जोगीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि तीनै तहका सरकारले गरिरहेको कार्य पर्याप्त नभएको र जसले गर्दा किसानका पशुहरुमा ठूलो संख्यामा क्षति हुनुका साथै आर्थिक रुपमासमेत ठूलो क्षति हुने भएकाले सरकारले तुरुन्तै पशुहरुमा देखिएको महामारीको अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्नुपर्ने, रोग नियन्त्रणका लागि ठोस योजनाका साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नुपर्ने, उपचारका लागि पशु चिकित्सक तथा प्राविधिकहरु सशक्त रुपमा परिचालन गर्नुपर्ने, उपचारका लागि प्रयोग हुने औषधिहरुको बजारमा अभाव रहेकाले आवश्यक औषधिहरुको उपलब्धता बढाउनुपर्ने, बिमा गरिएको पशुहरुको बिमाबापतको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, लम्पी स्किन रोगबाट मरेका पशु र प्रत्यक्ष प्रभावित भएका किसानलाई राहतको कार्यक्रम ल्याउनुपर्ने मागहरु उल्लेख गरिएको छ ।

नेभ्ला कैलालीका अध्यक्ष जोगीले प्रमुख जिल्ला अधिकारी कटेललाई ज्ञापन पत्र बुझाउँदै यथाशक्य आफूहरुका मागहरु पूरा गराउन सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेभ्लाका केन्द्रीय सदस्य कविराज कठायत, प्रदेश संयोजक धनबहादुर चौधरी तथा नेभ्ला जिल्ला कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार