कैलाली विशेष
त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलन जारी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षकको माग गर्दै आन्दोलन जारी राखेका छन् ।बुधबारदेखि उपमहानगर घेराउ गर्दै आन्दोलित बनेका विद्यार्थीहरूले बिहिबार पनि प्रदर्शन जारी राखेका हुन् ।
विद्यालयको गेटमा तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका थिए ।विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु धनगढी उपमहानगरपालिका परिसर अगाडी नाराबाजि गरिरहेका हुन् ।दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका थिए ।
गणित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भएपछि विद्यार्थीहरूले अध्यापन गर्नबाट बञ्चित हुनुपरेको छ ।सो विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्