हामि संग जोडिनुहोस

कैलाली विशेष

मोहन घाटमा छठ पूजाको तयारी पुरा, उद्घाटन मुख्यमन्त्री कमल शाहले गर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-३
  • सुन्नुहोस् 
1.13K  
Banner

धनगढी । धनगढीको मोहना घाटमा छठ पूजाको तयारी पुरा भएको छ । छठमा पूजा गर्न आउनेहरूका लागि कैलालीको मोहन घाटमा टेन्ट निर्माण, बिजुली बत्ती र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । 

शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मोहन घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए ।पाँच हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाँको पूजा आराधना छठ पर्वको मुख्य विशेषता रहेको छ । 

छठ पुजाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने आयोजकले जनाएको छ । छठ पूजा सेवा समितिको आयोजनामा हरेक वर्ष मोहन घाटमा पूजा कार्यक्रम हुँदै आएको छ ।भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ। छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ।व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्