हामि संग जोडिनुहोस

कैलाली विशेष

आफैँले कालोसूचिमा हालेका व्यक्तिलाई धनगढीको फोहोरमैला व्यवस्थापनको ठेक्का

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-७-१७
  • सुन्नुहोस् 
996  
Banner

धनगढी । धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि आफैले कालोसूचिमा राखेका व्यक्तिलाई ठेक्का दिएको पाइएको छ ।फोहोर व्यवस्थापनका लागि गत वर्ष मनोमानी शूल्क असुलेको भन्दै कालोसूचिमा परेका व्यक्तिलाई उपमहानगरपालिकाले पुनः फोहोर व्यवस्थापनको जिम्मा दिएको पाइएको हो ।

गत वर्ष धनगढी उपमहानगरपालिकाले नीजि कम्पनी मातृभुमी संरक्षण प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको थियो । यस वर्ष नन्दादेवी सेवा केन्द्रलाई ठेक्का दिएको छ । मातृभुमी र नन्दादेवीका नाममा हष्तबहादुर शाहले फोहोर व्यवस्थापनको जिम्मा दिएको छ ।

उपमहानगरपालिकाले गत वैशाखमा फोहोर व्यवस्थापनका नाममा घर तथा होटलबाट मनोमानी शूल्क असुल गरेको भन्दै छ लाख जरिवाना असुल गर्ने निर्णय गरेको थियो । ठेक्का रद्द भएपछि उपमहानगरपालिकालाई विपक्षी बनाउँदै शाहले जिल्ला अदालत कैलालीमा उजुरी दर्ता गराएका थिए ।

अहिले तिनै व्यक्तिलाई पुनः ठेक्का दिएपछि फोहोर व्यवस्थापनका लागि भन्दै मनोमानी रकम असुल गरिरहेको गुनासो छ । धनगढी उपमहानगरपालिकाले जथाभावी रकम असुल गरेको भन्दै बुधबारमात्र स्पष्टिकरण पत्र पठाएको छ । पत्रमा भनिएको छ –‘तपाइले पट्टा पुर्जीमा तोकिएको शूल्कको दर भन्दा बढी दरले फोहोरमैला व्यवस्थापन शुल्क संकलन गरेको भनि विभिन्न सञ्चार माध्यम र व्यक्तिहरुबाट पटक पटक गुनासो प्राप्त हुन आएकोले तपाईले सम्झौतामा उल्लेख भएको दररेट भन्दा फरक दररेटमा फोहोरमैला व्यवस्थापन शूल्क संकलन गरे–नगरेको स्पष्ट जवाफसहित व्यवस्थापन शूल्क संकलन गरेको नगदी रसीद दुई दिनभित्र कार्यालयमा पेश गर्न निर्देशन दिइन्छ ।’

उपमहानगरपालिकाको आर्थिक ऐन २०८० मा –‘प्रति भान्सा–परिवार बजार क्षेत्र मासिक एक सय रुपैयाँ, आंसिक बजार मासिक ९०, आवासीय क्षेत्र ७० रुपैयाँ मासिक र विद्यार्थीलाई ५० प्रतिशत छुट रहने’ व्यवस्था छ । कम्पनिले सो ऐनविपरित दुई सय देखि चार सयसम्म रकम असुल गरेको स्थानीयहरुको गुनासो रहेको समाचार शेरबहादुर ऐरको बाईलाईनमा धनगढीखबरले प्रकाशित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्