हामि संग जोडिनुहोस

कैलाली विशेष

डिभजन वन कार्यालय धनगढीका प्रमुख कडेललाई वन अधिकारकर्मीको स्वागत

Banner

धनगढी । वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेललाई कैलालीका वन अधिकार सरोकारवालाले स्वागत गरेका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, बाह्रवन साझेदारी वन उपभोक्ता समिति, भारताल साझेदारी वन उपभोक्ता समिति र गौरीगंगा साझेदारी वन उपभोक्ता समितिले संयुक्त रुपमा स्वागत गरेका हुन् ।

रामचन्द्र कडेल डिभिजन वन कार्यालय डोटीबाट सुरुवा भई डिभजन वन कार्यालय धनगढीको प्रमुखको जिम्मेबारी सम्हालेका छन् । भेटमा वनका अधिकारकर्मीले कैलाली सामुदायिक, साझेदारी वनमा अहिले काम ठप्प भएको भन्दै चलायमान बनाउनुपर्ने सुझाव दिएको सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय महासचिव डण्डीराज सुबेदीले जानकारी दिए ।

स्वागत कार्यक्रम पछि प्रतिकृया दिदै डिभिजन वन प्रमुख कडेलले कैलालीमा रहेका सामुदायिक वनमा रहेका बिषयमा अध्यन भैरहेको र त्यसलाई कहा अड्केको छ त्यसलाई नीतिगत रुपमा फुकाउने काम गर्ने बताएका थिए ।

स्वागत कार्यक्रममा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय महासचिव डण्डीराज सुबेदी, बाह्रवन साझेदारी वन उपभोक्ता समितिका ठक्कर शाही, भारताल साझेदारी वन उपभोक्ता समितिका संयोजक यादव भण्डारी, गौरीगंगा साझेदारी वन उपभोक्ता समितिका अर्जुन सापकोटा र सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष बिक्रम कुँवरको सहभागिता रहेको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च