हामि संग जोडिनुहोस

कैलाली विशेष

असहायलाई खाद्यान्न सहयोग गरि जन्मदिन मनाए समाजसेवी कुवँरले

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-१५
  • सुन्नुहोस् 
1.58K  
Banner

धनगढी।  धनगढीका युवा व्यवसायी तथा समाजसेवी मिलन कुवँरले असाहयलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएका छन् । कुवँरले आफ्नो जन्मदिनको अवसरमा बुधबार कैलालीको बर्दगोरीया गाउपालिकामा रहेको असाहयका लागि सहयोगी हात नेपालद्धारा संचालित साहारा घर र धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा खाद्यान्न वितरण गरि मनाएका हुन् ।

जन्मदिनको अवसरमा साहारा घर र फाउन्डेसनमा चामल, दाल, नुन, तेल, तरकारी, फलफूल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेका हुन । खाद्यान्न बितरण गर्दै उनले असहायहरुका लागि पहिले देखिनै सहयोग गर्ने इच्छा रहेको बताए ।

मानसिक सन्तुलन गुमाएर परिवार, समाजले हेला गरेका मानबलाई साहार दिनु सानो कुरा नरहेको बताउदै उनले केहि सहयोग होस भन्ने उदेश्यले खर्च कटौति गरेर खाद्यन्न बितरण गरेको बताए । दुबै ठाउँ गरि झण्डै डेढ लाखबढीको खाद्यान्न अभिनेता पल शाहको हातबाट हस्तान्तरण गरिएको थियो ।

अभिनेता शाहले असहाय र साहारा बिहिनहरुलाई सहारा दिइरहेका दुबै फाउन्डेसनले समाजमा उदाहरणीय काम गर्दै आइरहेको बताए । उनले समाजसेवी हातहरुले गर्दा समाजमा रहेका असहाय र बेसहाराहरुले सहारा पाइरहेको बताए । शाहले आफुले समाजसेवामा पनि काम गर्दै आइरहेको र सबैले सक्दो सहयोग गर्न समेत आग्रह गरे ।

आफ्नो जन्मदिनको अवसरमा साहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर बिष्ट र दृष्टि फाउन्डेसनकि सञ्चालिका कल्पना भट्टले कुवरलाई धन्याबाद ज्ञापन गरेका छन् ।साहारा घर दृष्टि फाउन्डेसनमा गरि हाल २ सय जनाबढी मानसिक रोगिहरु बसोबास गरिरहेका छन ।


तपाइको प्रतिक्रिया दिनुहोस्