हामि संग जोडिनुहोस

अर्थ/बजार

रवि लामिछानेले सहकारीलाई चेक काटेको भेटियो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-९
  • सुन्नुहोस् 
471  
Banner

काठमाडौं । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ ।

लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले  पुष्टि गरेको छ ।

‘गोर्खा मिडिया नेटवर्कले रवि लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई गरेको भुक्तानीको चेक फेला पारेका छौं’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले  भने, ‘उहाँसँग यसबारे सोधपुछ र लिखित बयान भइसकेको छ, सहकारी ठगीको अभियोगमा उहाँको संलग्नता पुष्टि गर्ने यो महत्वपूर्ण प्रमाण हो ।’


प्रहरी स्रोतका अनुसार, रुपन्देहीको सुप्रिम सहकारीबाट पटकपटक रकम लिएको गोर्खा मिडिया प्रा.लि.ले त्यही सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ फिर्ता गरेको चेक गरेको छ, तिनमा लामिछानेको पनि हस्ताक्षर छ ।


स्रोतका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।


‘चेक देख्नासाथ उहाँ आश्चर्यचकित भएजस्तो गर्नुभयो र बयानका लागि समय चाहिन्छ भन्नुभयो’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यतिबेला रविको बयानका लागि किन अस्वभाविक ढिलाइ गरेको भनेर सबैले प्रश्न उठाएका थिए । तर उहाँले कानुन व्यवसायीसँग सल्लाह गर्न बारम्बार समय मागेपछि ढिलाइ भएको थियो ।’


प्रहरी स्रोतका अनुसार लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘ड्रयरमा राखेका बेला अरु कसैले त्यो चेकमा नाम लेखेर पठाएको हुन सक्छ ।’

‘अझै पनि उहाँले सहकारीसँग ऋण लिएको र त्यसको कारोबारमा आफ्नो संलग्नता रहेको स्वीकार्नुभएको छैन, तर हामीले उहाँ संलग्न रहेको पुष्टि हुने धेरै आधार भेटिसकेका छौं,’ प्रहरी स्रोतले भन्यो, ‘आफ्नै हातले हस्ताक्षर गरेको चेकबाट भएको भुक्तानीमा समेत उहाँले अरुले छलछाम गरेको र झुक्यानमा पारेको हुनसक्ने भनेर बयान दिनुभएको छ ।’यो समाचार हामीले अनलाइन खबरबाट लिएका हौँ


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार