जटिल भू-बनोटले आगलानी नियन्त्रणमा कठिनाइ भयो : मन्त्री शाही - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

जटिल भू-बनोटले आगलानी नियन्त्रणमा कठिनाइ भयो : मन्त्री शाही

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२४
  • सुन्नुहोस् 
 
जटिल भू-बनोटले आगलानी नियन्त्रणमा कठिनाइ भयो : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको जटिल भू-बनोटका कारण डढेलो र आगलागी नियन्त्रण गर्न चुनौती भएको बताएका छन् ।

आगो तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शाही ठकुरीले सरकारले आगलागी र डढेलो नियन्त्रणको प्रयास गरिरहेको भए पनि नियन्त्रण गर्न नसको स्वीकार गरे ।

‘नेपालमा भू-बनोट जटिल छ । भीर-पाखा छन् । त्यहाँ आगो लाग्दा अप्ठेरो भएको छ’, उनले थपे, ‘जनचेतनाका लागि सबैको महत्वपूर्ण भूमिका रहेको छ । सबैको सहयोग हुँदा पनि यो रोकिएको छैन ।’

हरेक वर्ष फागुन-चैतको महिनामा बढी डढेलो लाग्ने गरेको बताउँदै उनले सरकार ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार