हामि संग जोडिनुहोस

प्रवास

परराष्ट्र मन्त्री डा. राणालाई न्यूयोर्कमा भव्य स्वागत

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-६
  • सुन्नुहोस् 
360  
Banner

न्यूयोर्क ।परराष्ट्र मन्त्री डा. आरजु राणाको अमेरिकामा भव्य स्वागत गरिएको छ ।संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुदै अमेरिकाको न्यूयोर्क आईपुगेकी परराष्ट्र मन्त्री डा.राणालाई जनसम्पर्क समितिको संयोजनमा भव्य स्वागत गरिएको हो ।

जनसम्पर्क समितिका अमेरिकाका सभापति आनन्द बिष्ट, संयक्त राष्ट्र संघको कुटनीतिक नियोगका स्थायी प्रतिनिधि लोक बहादुर थापा, नेपालका लागि न्यूयोर्कका वाणिज्य दूत चक्र बहादुर सुवेदी, अमेरिकाका बिभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूतहरु, बिभिन्न राजनैतिक दल र संघसंस्थाका प्रतिनिधिहरुले न्यूयोर्कको जोन अफ केनडी बिमानस्थलमा परराष्ट्र मन्त्री राणाको स्वागत गरेका हुन् ।

जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्र मन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनैतिक दलका प्रवासी संगठनहरु, सामाजिक संघ संस्था र नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको बताए ।


उनले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कुटनैतिक पहल गरिदिन नेपालीहरुका तर्फबाट परराष्ट्र मन्त्री डा। राणासंग आग्रह गरिएको बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्