अनुगमनका नाममा प्रशासनले ज्यादती गरेको भन्दै औषधि व्यवसायी आन्दोलित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

अनुगमनका नाममा प्रशासनले ज्यादती गरेको भन्दै औषधि व्यवसायी आन्दोलित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-१६
  • सुन्नुहोस् 
2.33K   
 अनुगमनका नाममा प्रशासनले ज्यादती गरेको भन्दै औषधि व्यवसायी आन्दोलित

धनगढी ।कैलालीमा  औषधि व्यवसायी तथा स्वास्थ्यसंग  सम्बन्धि संस्थाहरु आन्दोलित भएका छन् ।  नेपाल  औषधि व्यावसायी संघ, औषधी थोक व्यावसायी संघ, नेपाल फार्मेसी संघ, राष्ट्रिय फार्मेसी संघ, र नेपाल सि.एम.ए.संघ आन्दोलित भएका हुन । जिल्ला प्रशासन कार्यालय कैलालीले  अनुगमनका नाममा ज्यादती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सम्बन्धित विषयको बिज्ञ बिना नै  जिल्ला प्रशासन कार्यलय कैलालीले राणशासन शैलीमा अनुगमन गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको एक बिज्ञप्ती मार्फत जानकारी दिईएको छ ।  हिरासतमा रहेका  औषधि व्यावसायीहरुलाई दोषी ठहरिएमा कानुन बमोजिम कार्वाही र निर्दोष भए यथासिघ्र रिहाई गर्नुपर्ने , जिल्ला प्रशासन कार्यालयवाट भैरहेको र सो अनुगमनमा सम्बन्धित विषयकोविज्ञ राखी हुनुपर्ने ,व्यावसायीहरुको मानमर्दनमा अाँच आउने गरी भईरहेको धरपकड तुरुन्त बन्द गरिनुपर्ने ,औषधि व्यावसायीहरुलाई स–साना कुराहरुमा अपराधी जस्तो व्यावहार  बन्द गर्नु पर्ने माग सहित आन्दोलन थालिएको  बिज्ञप्तीमा  भनिएको छ ।

यस्ता छन् अन्दोलनका कार्यक्रमहरु 

श्रावण १६ गतेका दिन कैलाली जिल्लाभरी रहेका सम्पुर्ण  औषधि थोक खुद्रा तथा क्लिनिकहरु विहान ८ बजे देखी ९बजे सम्म पुर्णरुपमा बन्द गरिनेछ ।

श्रावण १७ गतेका देखी २० गतेसम्म कैलाली जिल्लाभरी रहेका सम्पुर्ण औषधि थोक खुद्रा तथा क्लिनिकहरु विहान ८बजे देखी १० बजे सम्म पुर्णरुपमा बन्द गरिनेछ ।

श्रावण २५ गतेका दिन कैलाली जिल्लाभरी रहेका सम्पुर्ण औषधि थोक खुट्टा तथा क्लिनिकहरु अनिश्चित समयसम्मका लागि पुर्णरुपमा बन्द गर्ने  ।

No description available.


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार