अर्थ/बजार
आज सुनको मुल्य तोलामा तिन सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज नेपालमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार तोलामा सुन ३ सय रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ थियो । सुनको मूल्यमा गिरावट आए पनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्