हामि संग जोडिनुहोस

अर्थ/बजार

साताको पहिलो दिन आज सुनको मूल्य घट्यो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-२१
  • सुन्नुहोस् 
402  
Banner


काठ्माण्डौँ । नेपाली बजारमा साताको पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आइतबार  छापावाल सुन एक लाख १८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको माहासंघले जनाएको् छ । 

गत शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार चाँदी  तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँ कारोबार भएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च