लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

अर्थ/बजार

लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-२८
  • सुन्नुहोस् 
855   
लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन

धनगढी । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन भएको छ । शुक्रबार धनगढीमा स्थितदेव तालिम केन्द्रको सभाहलमा  १४ औँ वार्षिक साधारण सभा सम्पन भएको हो ।

लक्ष्मी बचत ऋण सहकारी संस्था लिमीटेडका अध्यक्ष संजग कुमार पन्तले २५ जना शेयर सदस्यहरुबाट दर्ता गरिएको  संस्थामा हाल  १ हजार ४ सय ५७ जना सेयर सदस्य रहेको बताए ।

उनका अनुसर संस्थामा विभिन्न क्षेत्रका उद्धमी, व्यवसायीहरु र समाज सेवीहरु गरि जम्मा ५० जना शेयर सदस्यहरुको रु.२५ लाख शेयर पुजीबाट सुरु गरेको थियो । 

२०६७ सलमा सुरुभएको सहकारिमा आर्थिक वर्ष २०७९÷०८० सम्म आउँदा कुल बचत १४ करोड ९५ लाख ४० हजार १ सय ५४ रहेको सहकारी संस्था लिमिटेडका अध्यक्ष पन्तले बताए ।

 आर्थिक वर्ष २०७९÷०८० मा सस्थाको ९.१३ प्रतिसतले नाफा वृद्धि भएको छ ।

साधारण सभामा २÷२ जनाको दरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब सुनिल श्रेष्ठले बताए ।

सहकारी क्षेत्रमा फैलिएको त्रास तथा देशको अर्थतन्त्रमा आर्थीक मन्दिको कारण संस्थाले आफ्नो कारोवारमा उल्लेख्य वृद्धी गर्न नसकेको लक्ष्मी बचत ऋण सहकारी संस्था लिमीटेडका कोषाध्यक्ष उद्धव कुमार महतोले बताए ।

उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरु पनि सम्मानित भएका छन् । उत्तकृष्ट बचतकर्ता नितु साउद र कल्पना जोशी सम्मानित भएका हुन् । 

यसैगरी उत्तकृष्ट ऋणीकर्ता लक्ष्मी दर्लामगर र गजेन्द्र चौधरी, उत्तकृष्ट कर्मचारी बजार प्रतिनीधि श्रीस्वरी कुस्मी र वरिष्ठ सहायक सुरेन्द्र बहादुर कुँवर, कक्षा १२ मा उत्तकृष्ट नतिजा ल्याएर पास भएका हेमानी बोकटी र र्शिजल जोशी सम्मानित भएका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार