अर्थ/बजार
सुनको भाउ तोलामा १ हजार ३ सयले घट्यो

काठमाडौँ । आज नेपालमा सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेको हो ।
आज नेपाली बजारमा सुन तोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्