अर्थ/बजार
आज नेपालमा सुनको भाउ १ लाख २२ हजार रुपैयाँ कायम

काठमाण्डौ । नेपालमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा १ हजार ३ सय रुपैयाँ बढेको हो । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्