अर्थ/बजार
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २० हजार ८ सय

काठमाण्डौं। साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख १९ हजारमा रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्