अर्थ/बजार
नेपाल आयल निगमले दशैँ बिदामा पनि इन्धन दिने

काठमाडौँ । नेपाल आयल निगमले दशैँको सार्वजनिक बिदामा पनि इन्धन दिने भएको छ । बजारमा पेट्रोलियम पदार्थको सहज रूपमा बिक्रीवितरण व्यवस्था मिलाउन निगमले विभिन्न स्थानमा रहेका डिपो खुला राखेको हो । कार्तिक ४ देखि ९ गतेसम्म बिदाको दिनमा तोकिएका डिपोबाट पेट्रोलियम पदार्थ बिक्री खुला गरिने निगमले जनाएको छ ।
उपभोक्तालाई कोशी प्रादेशिक कार्यालय विराटनगर, मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज, बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी प्रादेशिक कार्यालय पोखरा, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा, कर्णाली प्रादेशिक कार्यालय सुुर्खेत, सुुदूरपश्चिम कार्यालय धनगढी, शाखा कार्यालय चारआली, इन्धन डिपो धनुषा, इन्धन डिपो नेपालगन्ज शाखा कार्यालय वीरगन्ज खुला गरिने निगमले जनाएको छ । चाडपर्वको बेला उपभोक्तालाई इन्धनको आपूर्ति सहज बनाउन सातै प्रदेशमा रहेका कार्यालय खुला गरिने निगमले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्