समाचार
शिक्षक आन्दाेलनलाई समर्थन गर्दै केन्द्राध्यक्षले दिए राजिनामा

काठमाडौ। दैलेखको आठबीस नगरपालिकाको तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले कक्षा १२ को परीक्षाको केन्द्राध्यक्षबाट राजीनामा दिएका छन् । प्र.अ. उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन गर्दै केन्द्राध्यक्षबाट राजीनामा दिएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामापत्रमा हुकुमी शैलीमा परीक्षा केन्द्रमा जान आदेश दिइएको आरोप लगाइएको छ ।
शिक्षक महासंघले परीक्षामा सामेल नहुन निर्णयसहितको सूचना जारी गरेपछि कक्षा १२ को केन्द्र नम्बर १०४२ को केन्द्राध्यक्ष पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन्
तपाइको प्रतिक्रिया दिनुहोस्