समाचार
पाँच वर्षपछि बल्ल तेस्रो किस्ता : बाजुराका भूकम्प तथा बाढीपहिरो पीडितले पाए राहतको आस

बाजुरा । लामो प्रतीक्षापछि बाजुराका भूकम्प तथा बाढीपहिरो पीडितले तेस्रो किस्ता राहत रकम पाउने भएका छन्। आर्थिक वर्ष २०७७र७८ देखि रोकिएको तेस्रो किस्ता वितरण प्रक्रिया अब बल्ल अघि बढ्ने भएको हो।भूकम्प र बाढीपहिरोबाट घरबास गुमाएका ५३८ घरपरिवारलाई छ करोड १३ लाख ७० हजार रुपैयाँ राहत वितरण गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। पीडितलाई सङ्घीय सरकारले ६०५, प्रदेशले ३०५ र स्थानीय तहले १०५ गरी संयुक्त रुपमा राहत दिने निर्णय अनुसार रकम उपलब्ध हुने भएको हो।हिमाली गाउँपालिकाका १२९ परिवार, स्वामीकार्तिक खापरका १०६, जगनाथका १००, गौमुलका ४८, खप्तड छेडेदहका ३२, बुढीगङ्गाका ८६ र बडीमालिकाका ३७ घरपरिवारलाई रकम उपलब्ध गराइनेछ।यसअघि पहिलो किस्ता ५० हजार र दोस्रो किस्ता दुई लाख ५० हजार प्राप्त गरे पनि तेस्रो किस्ताका लागि पीडितले पाँच वर्षसम्म पर्खनु परेको थियो। ूघर निर्माण सकेर पनि रकम नपाउँदा धेरै समस्यामा थियौं,ू हिमाली गाउँपालिकाका रमेश विकले बताए। अब भने जिल्ला प्रशासन कार्यालयले वैशाख १० गते पीडितका खातामा रकम पठाउने तयारी गरिरहेको छ।प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले आफू हाजिर भएपछि सबै पीडितको तथ्याङ्क सङ्कलन गरेर गृह मन्त्रालय लगायत निकायसँग निरन्तर समन्वय गरेपछि बल्ल रकम जिल्ला ल्याउन सफल भएको बताए।बाजुराका अन्य बाँकी पीडितले पनि यथाशीघ्र राहत पाउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्