कक्षा १२ को परीक्षामा कुनै हालतमा सामेल नहुने शिक्षक महासंघको भनाइ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

कक्षा १२ को परीक्षामा कुनै हालतमा सामेल नहुने शिक्षक महासंघको भनाइ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-९
  • सुन्नुहोस् 
 
कक्षा १२ को परीक्षामा कुनै हालतमा सामेल नहुने शिक्षक महासंघको भनाइ

काठमाडौं । सडकमा आन्दोलनरत् नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुने दोहोर्‍याएको छ ।अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै परीक्षा चलाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्की आएको जिकिर गरिएको छ ।

‘परीक्षाको प्रक्रियामा सामेल हुन दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ । विगत २१ दिन देखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक९कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौं’, महासंघले विज्ञप्तिमा भनेको छ ।सबै केन्द्राध्यक्ष साथीहरूलाई काठमाडौंमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन पनि महासंघले आव्हान गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च