मुख्यमन्त्री शाहको जोड “एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्न आवश्यक” - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

मुख्यमन्त्री शाहको जोड “एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्न आवश्यक”

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२५
  • सुन्नुहोस् 
702   
मुख्यमन्त्री शाहको जोड “एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्न आवश्यक” : Phulbari Khabar

धनगढी।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारले समन्वय र एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्। प्रदेशस्तरीय नीति, कार्यक्रम तथा बजेट सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ गर्न सबै तहका सरकारहरू एक अर्काको भूमिका र अस्तित्वलाई मान्यता दिनु आवश्यक रहेको स्पष्ट पारे।यदि हामी सधैं त्रुटिपूर्ण बजेट बनाउने र जनताले गुनासो गर्ने अवस्था दोहोर्याउँछौं भने समस्या झन् बढ्छ,” शाहले भने। उनले समन्वय र सुमधुर सम्बन्धको माध्यमबाट मात्रै विकास सम्भव हुनेमा जोड दिए।कार्यक्रमको क्रममा उनले हालै सम्पन्न भारत भ्रमण सुदूरपश्चिमका लागि निकै फलदायी भएको बताउँदै, भारतीय सरकारले दिएको सम्मानले सम्पूर्ण सुदूरपश्चिमवासीको सम्मान बढाएको महसुस भएको बताए। उनले आगामी दिनमा पनि यो भ्रमण सकारात्मक फल दिने विश्वास व्यक्त गरे।कार्यक्रममा प्रदेश सरकारका विभिन्न विभागका प्रतिनिधिहरू, ९ वटै जिल्लाका प्रतिनिधि, सरोकारवाला निकाय, संघसंस्था तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Phulbari Khabar



Phulbari Khabar





तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च