सचिव सुवेदीलाई कार्वाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोधपत्र - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

सचिव सुवेदीलाई कार्वाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोधपत्र

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२१
  • सुन्नुहोस् 
 
 सचिव सुवेदीलाई कार्वाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोधपत्र : Phulbari Khabar

सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीलाई कारवाहीको मागगर्दै मुख्यमन्त्रीलाई विरोध पत्र बुझाईएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिले आईतबार कार्यवाहक मुख्यमन्त्री बहादुर सिह थापालाई विरोध पत्र बुझाएको हो ।‘सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवस ९३ अप्रिल, २०२५० का दिन समग्र पत्रकारिता क्षेत्र, मिडिया हाउस र सञ्चारकर्मीहरुको अपमान गर्दै सामाजिक सञ्जालमा लेखिएको स्टाटसप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति घोर आपत्ति व्यक्त गर्दछ’ प्रदेश अध्यक्ष भरतबहादुर शाहद्वारा हस्ताक्षरित विरोधपत्रमा भनिएको छ ।

Phulbari Khabar

कानूनसचिव सुवेदीले सामाजिक सञ्जालमा काठमाडौंबाट प्रकाशन भइरहेको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक सेयर गर्दै ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवशको शुभकामना’ भन्दै स्टाटस लेखेका थिए ।

‘आफ्नो बारेमा प्रकाशित समाचारका विषयमा विमति भए कानूनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै अपमान गर्दै आक्षेप लगाउने कार्य भत्र्सनायोग्य र निन्दनीय छ । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समिति निज कानून सचिवलाई कुनै पत्रकारले पैसा खाएर समाचार लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेश समितिलाई उपलब्ध गराउन चुनौती दिन्छ’ विरोधपत्रमा भनिएको छ ।

Phulbari Khabar

प्रदेश सरकारको सचिव जस्तो ब्यक्तिले आफ्नो पदीय मर्यादाको ख्यालै नगरी यस्ता गैरजिम्मेवार र अफवाहपूर्ण अभिब्यक्ति दिनु निकै आपत्तिजनक रहेको महासंघले ठहर गरेको छ ।‘विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन पारेर सचिव सुवेदीले लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समिति पुनः घोर आपत्ति व्यक्त गर्दै यथासिघ्र कानून बमोजिम कारबाहीको लागि प्रदेश सरकारसँग जोडदार माग गर्दछ । हाम्रो मागप्रति वेवास्ता गरिएमा नेपाल पत्रकार महासंघ कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिन चाहन्छ’ विरोध पत्रमा भनिएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च