समाचार
के.एम.सि स्ववियु द्वारा परिक्षा नियन्त्रक लाई घडि र क्यालेन्डर प्रदान

धनगढी। के.एम,सि स्ववियु द्वारा परिक्षा नियन्त्रक लाई समयमा चल्नको लागी घडि र क्यालेन्डर प्रदान गरेको छ।
कैलाली बहुमुखी क्याम्पसको सन्तोष पन्त नेतृत्वको नवनिर्वाचित स्वतन्त्र बिद्यार्थी युनियनको कार्यसमितिले सुदुरपश्चिम बिश्वबिद्धालयको परिक्षा नियन्त्रण कार्यलय कि परिक्षा नियन्त्रक अनुराधा रोकाया लाई उक्त सामग्री हस्तान्तरण गरेको हो।
आज बाट हुने भनिएको प्रथम सेमेस्टरको परिक्षा स्थगित गरेपछि समयमा नचलेको, विद्यार्थीको समय र मेहनतको अवमूल्यन गरेको, बिश्वबिद्धालयको क्यालेन्डर बिपरित कार्य गरेको र आम बिद्यार्थीको भबिस्य माथी खेलवाड गरेको बिरोध स्वरुप उनलाई घडी र क्यालेन्डर दिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्