राजनीति
समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाण्डौ । समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आइतबार बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको हो ।
यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए। गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणाली अनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो ।
आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ । अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्