‘अप्रेसन सिन्दूर’पछि रोकियो राजकुमार रावको फिल्म ‘भूल चुक माफ’ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

‘अप्रेसन सिन्दूर’पछि रोकियो राजकुमार रावको फिल्म ‘भूल चुक माफ’

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२५
  • सुन्नुहोस् 
186   
‘अप्रेसन सिन्दूर’पछि रोकियो राजकुमार रावको फिल्म ‘भूल चुक माफ’

मुम्बई । राजकुमार राव र वामिका गब्बी अभिनित फिल्म ‘भूल चुक माफ’को रिलिज रद्द गरिएको छ । यो फिल्म मे ९ मा हलमा लाग्दै थियो । अब यो फिल्म सीधै ओटीटीमा रिलिज हुनेछ ।सेन्सर बोर्डले पनि यसलाई कुनै कटौती बिना पास गर्‍यो र यु ए प्रमाणपत्र दियो । तर भारत र पाकिस्तानबीच बढ्दो तनाव र त्यसपछिको ‘अप्रेसन सिन्दूर’का कारण सुरक्षाको कारणले गर्दा फिल्म सिधै ओटीटीमा रिलिज हुने जनाइएको छ ।

‘भूल चुक माफ’ अब मे १६ मा ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुनेछ । १६ दिन अघि (२२ अप्रिल) कश्मीरको पहलगाममा भएको हमलामा २५ भन्दा बढी पर्यटकको मृत्यु भएपछिको आक्रोशमा भारतले बुधबार पाकिस्तानका ९ वटा क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो ।

त्यसपछि यी दुई मुलुकबीच युद्धको त्रास कायमै छ । त्यसपछिको परिस्थितीको कारण, यो फिल्मलाई ओटीटीमा सीधै रिलिज गर्न लागिएको ‘भूल चुक माफ’का निर्माताले बताएका छन् ।

पहलगाम हमलापछि भारत र पाकिस्तान दुबैले पाकिस्तानी फवाद खानको फिल्म ‘अबीर गुलाल’को प्रदर्शनमा रोक लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च