भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु, - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु,

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२४
  • सुन्नुहोस् 
288   
भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु,

धनगढी। भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हमलामा भएको क्षतिबारे जानकारी दिएका छन्।पाकिस्तानी अखबार डनका अनुसार बुधबार बिहान पत्रकार सम्मेलनमा भारतले छ वटा क्षेत्रमा गरेको आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका हुन्। उनले भारतले गरेको यो आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएको जानकारी दिए। चौधरीका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च