कैलालीमा १७ वर्षीया किशोरी मृत फेला - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीमा १७ वर्षीया किशोरी मृत फेला

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२६
  • सुन्नुहोस् 
360   
कैलालीमा १७ वर्षीया  किशोरी मृत फेला  : Phulbari Khabar

धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ हसुलियामा एक १७ वर्षीया किशोरी मृत फेला परेकी छन्।मृत फेला पर्नेमा स्थानीय पार्वती कुमाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी गए राति घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले पुष्टि गरेको हो।प्रहरीका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिए पनि घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।मृतक पार्वतीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा ल्याइएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको कारणबारे थप स्पष्ट हुने प्रहरी स्रोतको भनाइ छ।घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च