देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१८
  • सुन्नुहोस् 
165   
देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

बैतडी । गृहमन्त्री रमेश लेखकले देशको आवश्यकता अनुसार ठुला दल नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । 

बुधबार जन्मभूमी बैतडी पुगेका मन्त्री लेखकले पाटनमा कांग्रेसको नगरकार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको आवश्यकता अनुसार कांग्रेस र एमाले एक ठाउँमा मिलेका बताएका हुन् । पार्टीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखकले सातबुँदे सहमतिका आधारमा सरकार अघि बढीरहेको बताए । दुवै दलले इमान्दारिताका साथै सहमति कार्यान्वयन गर्नुपर्नेमा मन्त्री लेखकले जोड दिए । 

गठनबन्धन सरकारप्रति जनताको थुप्रै आशा भएकाले नागरिकका आशा पूरा गर्नेतर्फ सरकार केन्द्रित रहेको उनले बताए । 

यस्तै सुदूरपश्चिमको गेटामा पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनु निकै सुखद पक्ष रहेको बताउँदै मन्त्री लेखकले यसको सफल कार्यान्वयनमा ध्यान दिइने बताए । यस्तै महाकाली करीडोरमा थप बजेट आवश्यक रहेकाले यसका लागि पहल गरिने उनले बताए । 

मन्त्री लेखकले भिजिट भीसा प्रकरणमा राजनीतिक षडयन्त्र रहेको दाबी गर्दै गलत हल्लाको पछि नलाग्न आग्रह गरे । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराए । 

यसैबीच पाटन क्षेत्रको समग्र विकासका लागि पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका छन् । 

गृहमन्त्री भएपछि लेखक पहिलो पटक जन्मभूमी बैतडी आएका हुन् । बैतडीमा रहँदा उनले प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । यसका साथै उनी पार्टीले आयोजना गर्ने कार्यक्रममा समेत सरीक हुने बताइएको छ ।  

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार