कैलाली। सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा कार्यरत (एसपी) डम्बर बहादुर बिष्ट सहित चार जना सुरक्षाकर्मीलाई उत्कृष्ट कार्य सम्पादनका लागि पुरस्कृत गरेको छ।
बडिमालिका शिक्षालयको २४औँ स्थापना दिवसको अवसरमा आयोजित औपचारिक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बहादुर विष्ट सशस्त्र प्रहरी वरिष्ठ हवलदार शेर बहादुर कार्की, हवलदार चन्द्र बहादुर वली र सहायक हवलदार रामबहादुर कठायत लाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको हो।
समारोहका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका विभागीय प्रमुख, अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले उनीहरूलाई सम्मान गरेका हुन्। यस अवसरमा खेलकुद, हाजिरीजवाफ र दौड प्रतियोगितामा उत्कृष्ट हुने अन्य कर्मचारीलाई समेत पुरस्कार वितरण गरिएको थियो।
साथै शिक्षालयलाई विभिन्न तवरले सहयोग गर्ने धनगढीका माया प्रकाश भट्ट, लालबहादुर धामी, सुनिल यादव, अनिल गोयल र गोदावरी नगरका चन्द्र बहादुर तिखातरीलाई कदरपत्रसहित सम्मान गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी पौडेलले प्रविधिको विकाससँगै सुरक्षा चुनौतीहरू बढ्दो क्रममा रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी संगठनलाई आधुनिक प्रविधिसँगै चलायमान बनाउनु जरुरी रहेको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्