भारत र पाकिस्तान युद्धमा अमेरिका संलग्न हुँदैन : अमेरिकी उपराष्ट्रपति भान्स - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

भारत र पाकिस्तान युद्धमा अमेरिका संलग्न हुँदैन : अमेरिकी उपराष्ट्रपति भान्स

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२६
  • सुन्नुहोस् 
216   
भारत र पाकिस्तान युद्धमा अमेरिका संलग्न हुँदैन : अमेरिकी उपराष्ट्रपति भान्स

अमेरिका । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीच जारी द्वन्द्वप्रति प्रतिक्रिया दिंदै अमेरिका यसमा संलग्न नहुने बताएका छन्।

अमेरिका युद्धमा सामेल नभइ दुवै पक्षलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास मात्र गर्ने उनले बताए।

भान्सले भने, 'हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास गर्नु हो। हामी युद्धमा जाने छैनौं। त्यो हाम्रो काम होइन।' 

उनले यो तनाव नियन्त्रण गर्ने अमेरिकाको क्षमतासँग कुनै सम्बन्ध नभएको बताए। अमेरिकाले कूटनीतिक माध्यमबाट यस मुद्दामा तनाव कम गर्ने प्रयासहरू भने जारी राख्ने बताए।

यस अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्। अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा आक्रमण हुँदा जेडी भान्स आफ्नी श्रीमती र बच्चाहरूसँग भारत भ्रमणमा थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च